आज:  २०८१ अषाढ १७, आईतबार | Sun, 30, Jun, 2024 Search
FLASH NEWS

देवचुलीमा विद्यालयस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यशाला गोष्ठी

    प्रकाशित २०८१ अषाढ ७, बिहिबार (१ हफ्ता अघि)


देवचुली । देवचुलीमा विद्यालयस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यशाला गोष्ठी सम्पन्न भएको छ । देवचुली नगरपालिकाको समन्वयमा वास नमुना गाउँ परियोजना ( नापा वास ) को आयोजनामा बुधबार र बिहीबार देवचुली नगरपालिका वाड न ५ मा रहेको सकला देवी माध्यमिक विद्यालयमा कार्यशाला गरिएको हो । देवचुली ५ र ६ का सकलादेवी मावि, बालकिरण आधारभूत विद्यालय, नेपाल राष्ट्रिय शारदा आधारभूत विद्यालयका विद्यार्थी , अभिभावक तथा शिक्षकहरुका लागि कार्यशाला आयोजना गरिएको हो ।

विद्यालयलाई वासको ३ तारा सुचक पूरा गरि ३ तारा विद्यालय घोषणा गर्न, विद्यालय वास सुधार योजना निर्माण गर्नका लागि कार्यशाला राखिएको परियोजना निर्देशक भिमबहादुर मल्ल जानकारी दिनुभयो । विद्यालयहरुमा खानेपानी तथा सरसफाईको अवस्था जानकारी लिने , खानेपानी सुधारका लागि गर्नुपर्ने कार्यहरुका बारेमा छलफल गर्नुका साथै सरसफाइसम्बन्धि जनचेतना जगाउने र ३ तारा सुचक पूरा गर्न गर्नुपर्ने कामहरुको बारेमा छ्लफल गरि योजना निर्माण गरिएको उहाँले बताउनुभयो ।

सकलादेवी माविका व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ पोख्रेलको अध्यक्षतामा भएको कार्यशालामा देवचुली ५ का वडा अध्यक्ष कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यशालाको सहजीकरण सरसफाइ तथा स्वच्छता विज्ञ सुशील सुबेदी र नापा वास परियोजना व्यवस्थापक प्रवीण घिमिरेले गर्नुभएको थियो । कार्यशालामा प्रत्येक विद्यालयबाट २ जना विद्यार्थी , २ जना शिक्षक र १/१ जना विद्यालय व्यवस्थापन समिति/ शिक्षक अभिभावक संघका अध्यक्षको सहभागिता रहेको थियो ।

 

Write your Comment