आज:  २०८१ अषाढ १७, आईतबार | Sun, 30, Jun, 2024 Search
FLASH NEWS

संसद भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला

    प्रकाशित २०८१ अषाढ ६, बुधबार (१ हफ्ता अघि)


काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् । प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् ।

स्रोतका अनुसार उनी आफैंले आफैंलाई गोली हानेका हुन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले पनि उनले गोली हानेर आत्महत्या गरेको बताए ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Write your Comment