आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024 Search
FLASH NEWS

वैदिक धर्म परिषद देवचुलीको अध्यक्षमा नारायणप्रसाद न्यौपाने चयन

    प्रकाशित २०८१ जेष्ठ २०, आईतबार (३ महिना अघि)


देवचुली । वैदिक धर्म परिषद देवचुलीको अध्यक्षमा नारायणप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् । न्यौपानेको अध्यक्षतामा आइतबार देवचुली १३ मा रहेको गणेश मन्दिरमा भएको अधिवेशनबाट ११ सदस्यीय समिति गठन गरिएको हो ।

जसको उपाध्यक्षमा देवी क्षेत्री, नारायणप्रसाद गौतम, सचिवमा कृष्णप्रसाद काफ्ले ( कुशल), कोषाध्यक्षमा छविलाल बसेल र सदस्यहरुमा नारायणप्रसाद तिवारी, कृष्णबहादुर थापा, भविश्वर पाण्डे, सुधा पाण्डे, मोहन काफ्लेलाई सर्वसम्मत चयन गरिएको वैदिक धर्म परिषद नवलपुरका अध्यक्ष टीकाराम न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको सह सचिव पछि मनोनयन गरिनेछ। अधिवेशनमा वैदिक धर्म परिषद देवचुलीको ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । यमप्रसाद भुसालको संयोजकत्वमा कमलापति चापागाई, अच्युत पाण्डे, बालकृष्ण काफ्ले र जिवलाल भुसाल सदस्य रहने गरि सल्लाहकार समिति चयन गरिएको हो।

वैदिक धर्म परिषदले प्राचीन कालदेखि रहेको हिन्दू संस्कारलाई जगेर्ना गर्ने र समुदायमा धर्म संस्कृतिको बारेमा सचेत गराउने अभियान संचालन गरिरहेको जिल्ला अध्यक्ष न्यौपानेले बताउनुभयो ।

Write your Comment