आज:  २०८२ बैशाख ९, मंगलबार | Tue, 22, Apr, 2025 Search
FLASH NEWS

शान्ति निकुञ्ज माविमा शैक्षिक सामग्री प्रदर्शनी

    प्रकाशित २०८१ जेष्ठ १९, शनिबार (१० महिना अघि)


देवचुली। कावासोती नगरपालिका वडा नम्बर १२ मा रहेको शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा विद्यार्थीद्वारा निर्मित शैक्षिक सामग्री प्रदर्शनी भएको छ । शुक्रबारीय कार्यक्रम अन्तर्गत आधारभूत तह र माध्यामिक तहका विद्यार्थीहरुद्वारा निर्मित शैक्षिक सामग्री प्रदर्शनी प्रतियोगिता भएको हो । विद्यार्थीहरुको सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रुपमा प्रस्तुति गर्नुका साथै नयाँ मूल्यांकन परीक्षामा प्रयोगात्मक कार्यसँग जोड्नका लागि कार्यक्रम गरिएको विद्यालयका सूचना अधिकारी प्रकाश सुबेदीले जानकारी दिनुभयो ।

विद्यार्थीहरुका सामग्रीहरुलाई अङ्ग्रेजी /नेपाली, सामाजिक /स्थानीय पाठ्यक्रम/ अर्थशास्त्र, विज्ञान /कम्प्युटर / स्वास्थ र गणित गरि ४ समूहमा विभाजन गरि मुल्यांकन गरिएको थियो । त्यसै गरि विद्यार्थीका शैक्षिक सामाग्रीलाई विभिन्न ६ वटा आधारमा मूल्यांकन गरिएको थियो । जसमा विषयगत तादम्यता, बहुउपयोगी, टिकाउपन, आकर्षक, सिर्जनशीलता, सामग्रीको प्रकृति, प्रस्तुतीकरण र निर्माण प्रक्रियाका आधारमा समेत मुल्यांकन गरिने जनाइएको छ ।

विद्यार्थीहरुबाट प्रदर्शन गरिएको शैक्षिक सामग्रीको नतिजा आइतबार सार्वजनिक गरि पुरस्कृत समेत गरिने सूचना अधिकारी प्रकाश सुबेदीले बताए ।

Write your Comment