आज:  २०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024 Search
FLASH NEWS

शिवमन्दिर खानेपानीको छैठौं अधिवेशन : १४ पदका लागि २८ जनाको उम्मेदवारी

    प्रकाशित २०८१ जेष्ठ १६, बुधबार (५ महिना अघि)


कावासोती । कावासोती १ मा रहेको शिवमन्दिर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको छैठौं अधिवेशनबाट नेतृत्व चयनका लागि १४ पदका लागि २८ जनाको उम्मेदवारी परेको छ । संस्थाको नेतृत्व चयनका लागि मंगलबार उम्मेदवारी मनोनयन दर्ता, नामावली प्रकाशन, दावी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन गरिएको हो । मंगलबार नै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ।

निर्वाचन समितिका संयोजक कविराम भण्डारीका अनुसार अध्यक्षमा राजकुमार घिमिरे र नारायणप्रसाद पन्त, उपाध्यक्षमा बलबहादुर गाहा र यमबहादुर बिक, सचिवमा लक्ष्मण श्रेष्ठ र दिनेश ठाडा, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ र भिमबहादुर राना , सदस्यहरुमा भिमबहादुर दर्जी, चुडामणी सुनार, केशमाया मगर, तुलबहादुर सिंजाली, श्याम बहादुर कुमाल, दुर्गाबहादुर राना मगर, देवीमाया चितौरे, मिनकुमारी चितौरे, हेमकुमारी बस्नेत, ढलराज मल्ल, काशिराम बस्याल, पार्वती परियार, खेमबहादुर सोती, शोभा बिकले उम्मेदवारी दिएका छन् । त्यसै गरि लेखा संयोजकमा तिलाराम भुसाल र नारायण तिमिल्सिना, सदस्यहरुमा आनन्द भुसाल, पर्माजित सारु, सुदीप भण्डारी र छबिलाल सापकोटाले उम्मेदवारी दिएका हुन् ।

निर्वाचनबाट अध्यक्ष १ जना, उपाध्यक्ष १ जना, सचिव १ जना, कोषाध्यक्ष १ जना र सदस्य ७ जना चयन हुने साथै लेखा संयोजक १ जना र सदस्य २ जना समेत चयन हुने निर्वाचन संयोजक भण्डारीले बताउनुभयो । मंगलबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि चुनाव चिन्ह समेत प्रदान गरिएको छ । जेठ १७ गते राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाउने र जेठ १७ गते राती १२:३० बजेदेखि शून्य समय सुरु हुने निर्वाचन कार्यतालिकामा उल्लेख छ । संस्थाको नेतृत्वका जेठ १९ गते शनिबार बिहान ८ बजेदेखि ४ बजेसम्म संस्थाको प्रधान कार्यालयमा निर्वाचन गरिने जनाइएको छ ।

कावासोती १ को अधिकांश क्षेत्र, कावासोती ५ र ६ का केही भाग सेवा क्षेत्र रहेको शिवमन्दिर खानेपानी तथा सरसफाइ संस्थाको १६४० उपभोक्तामध्ये नवीकरण गरेका १२८३ उपभोक्तालाई मात्र मताधिकार रहेको संस्थाका व्यवस्थापक चक्र मुक्तानले जानकारी दिनुभयो ।

Write your Comment