आज:  २०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024 Search
FLASH NEWS

कावासोती १२ मा किशोरी आत्मरक्षा तालिम सम्पन्न

    प्रकाशित २०८१ जेष्ठ १३, आईतबार (६ महिना अघि)


कावासोती । कावासोती १२ मा किशोरी आत्मरक्षा एवम् किशोरी सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ । कावासोती १२ को आयोजना र जागृति बाल तथा युवा सरोकार नेपालको समन्वयमा शनिबार शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको हो ।


वडाको आर्थिक वर्ष २०८०/०८१ मा किशोरीहरुलाई हिंसा, दुर्व्यवहार तथा अन्य समस्याबाट सचेत गराउनका लागि किशोरी आत्मरक्षा एवम् किशोरी सशक्तीकरण कार्यक्रमका लागि विनियोजित बजेटबाट कार्यक्रम गरिएको वडा अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो । वडा भित्रका २ माध्यमिक विद्यालयका ६० जना किशोरीहरुलाई आत्म सुरक्षा, राम्रो र गलत छुवाई, हिंसाबाट जोगिने उपायहरु, हिंसा हुने स्थानहरु,हिंसाका प्रवृत्तिहरु, बाल अधिकार, बालमैत्री स्थानीय शासन, किशोरी अधिकारको बारेमा प्रशिक्षण प्रदान गरिएको उहाँले बताउनुभयो । सहभागी किशोरीबाट आएका सुझावहरुलाई आगामी वर्षका लागि तयार गरिदै गरेको नीति तथा कार्यक्रममा समावेश गरि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

तालिममा सहभागी किशोरीहरुले आगामी बर्ष ०८१/०८२ को लागि वडाले बालबालिका र किशोरकिशोरीहरुको लागि गर्नुपर्ने कामहरु साथै वडाभित्रका बालबालिकाहरुले देखेको समस्याहरुको बारेमा समूह कार्य गरेका थिए । कार्यक्रममा दिपक शर्मा, रेजिना घर्ती मगर र अनिता सार्किले सहजीकरण गर्नुभएको थियो ।

कावासोती १२ का वडा सदस्य बन्दना तिवारी भुजेलको अध्यक्षतामा भएको तालिममा वडा अध्यक्ष ध्रुव खनाल(दिपेश)को प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि वडा सदस्य होममाया सार्की , वडा सचिव उज्ज्वल बस्याल, विद्यालयका शिक्षकहरुको आतिथ्यता रहेको थियो ।

 

Write your Comment