आज:  २०८१ चैत्र २९, शुक्रबार | Fri, 11, Apr, 2025 Search
FLASH NEWS

पेट्रोलियम पदार्थको मूल्य घट्यो

    प्रकाशित २०८० चैत्र ३, शनिबार (१ साल अघि)


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार मध्यरातिदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको निगमले जनाएको छ ।

निगमले जारी गरेको सूचनाअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटेको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

Write your Comment