देवचुली । देवचुली १४ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । देवचुली १४ स्थित भित्री सडकमा बा ६९ प ९२३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कावासोती-११ कुँडौली निवासी २५ वर्षीय सागर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। चौधरीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो ।
प्रहरीका अनुसार शुक्रबार साँझ ८ बजे भएको दुर्घटनामा घाइते भएका चौधरीलाई देवचुली अस्पताल दलदलेमा सामान्य उपचार गरि थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएकोमा शुक्रबार नै उपचारको क्रममा चौधरीको निधन भएको हो।