देवचुली।मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०८०/०८१ काे अर्धवार्षिक समिक्षा सम्पन्न भएकाे छ ।सहकारीले बिहीबार नवप्रगति सेवा केन्द्रको सभाहलमा अर्धवार्षिक समिक्षा गरेको हो । सहकारी संचालक समितिका अध्यक्ष तुलमणी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका संचालक सदस्य होमनाथ जैसीको प्रमुख आतिथ्यतामा रहेको थियो।
समिक्षा कार्यक्रममा सहकारीको पुस मसान्तसम्मको समग्र अवस्थाको बारेमा जानकारी प्रमुख कार्यकारी अधिकृत नरभुपाल भुसालले गर्नु भएको थियो भने संस्थाको आर्थिक गतिविधि सहितको सेवा केन्द्र अनुसारको विषयगत समिक्षा व्यवसाय विभाग प्रमुख उमापती भट्टराईले प्रस्तुतीकरण गर्नुभएको थियो । अर्धवार्षिक समिक्षामा उत्कृष्ट कार्य सम्पादन गरि नवप्रगति सेवा केन्द्र र शुभकामना सेवा केन्द्र उत्कृष्ट सेवा केन्द्रको रुपमा सम्मानित भएका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि. नेपालका संचालक सदस्यमा होमनाथ जैसी नवनिर्वाचित हुनु भएकोमा सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
सहकारी संचालक समितिका अध्यक्ष तुलमणी पौडेलले सहकारीकाे समग्र उन्नति र प्रगतिको निम्ति तयार गरिएकाे लक्ष्य प्राप्ति गर्न याेजनाबद्ध रुपमा अगाडि बढ्न व्यवस्थापन पक्षलाई सुझाव दिनुभएको थियो।
कार्यक्रममा सहकारीको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समित, सल्लाहकार, सेवा केन्द्र व्यवस्थापन उप समिति, केन्द्रिय कार्यालयमा कार्रयरत सम्पुर्ण कर्मचारीहरु, सबै सेवा केन्द्रका सेवा केन्द्र प्रमुखहरुको उपस्थिति रहेको थियो। समिक्षा कार्यक्रममा संचालक सदस्य लिलाधर अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सहकारीका सचिव डिलाराम पाण्डेले कार्यक्रमको सहजीकरण गर्नुभएकाे थियाे ।