आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

हुप्सेकोट माध्यमिक विद्यालयमा बालविवाह तथा मानव बेचबिखन सम्बन्धि सचेतना

    प्रकाशित २०८० माघ ११, बिहिबार (१० महिना अघि)


नवलपुर । हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ रुम्सीमा रहेको हुप्सेकोट माध्यमिक विद्यालयमा बालविवाह तथा मानव बेचबिखन सम्बन्धि सचेतना तालिम सम्पन्न गरिएको छ। असल छिमेकी नेपाल कास्की पोखराको आयोजनामा र हुप्सेकोट गाउँपालिकाको समन्वयमा बिहीबार विद्यालयमा सचेतना कार्यक्रम गरिएको हो ।


बालविवाह न्यूनीकरण ,जर्बजस्ती विवाह र मानव बेचबेखिन सम्बन्धि सचेतना प्रवाह गर्न तालिम गरिएको असल छिमेकी नेपाल कास्कीका सामाजिक परिचालिका दिपा महतोले जानकारी दिनुभयो । हुप्सेकोटमा केही विद्यालय तथा समुदायमा बालविवाह सम्बन्धि सचेतना प्रवाह गरिने उहाँले बताउनुभयो । संस्थाले मंगलबार ज्वाला माध्यमिक विद्यालय र बुधबार हुप्सेकोट माध्यमिक विद्यालयका आधारभूत तहका विद्यार्थीहरुलाई सचेतनामुलक कार्यक्रम गरिएको हो। महतोका अनुसार बिहीबार हुप्सेकोट माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई सचेतना तालिम गरिएको छ।

तालिममा बालविवाह भनेको के हो ?, बालविवाहबाट हुने असरहरु, बालविवाह गर्दा हुने कानुनी कारवाही, बालविवाह अन्त्य गर्नका लागि गर्नुपर्ने कार्यहरु, बालबालिका हिंसाबाट जोगिने उपायहरु, मानव बेचबिखन भनेको के हो ? मानव बेचबिखनबाट जोगिन ख्याल गर्नुपर्ने कुराहरु लगायतका विषयमा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा र देवचुली खबरका प्रबन्ध निर्देशक राजु चापागाईले सहजीकरण गर्नुभएको थियो।

हुप्सेकोट गाउँपालिकाको पहाडी गाउँहरुमा अझै बालविवाह हुने गरेकोले यस्ता सचेतना तालिम निकै नै प्रभावकारी हुने हुप्सेकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक बोमबहादुर सारुले बताउनुभयो । बालविवाह न्यूनीकरणका लागि सरोकारवालाहरुले विशेष योजना बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । समुदायका अभिभावकहरुलाई समेत यस्ता सचेतनामुलक कार्यक्रम संचालन गर्न सके अझै राम्रो हुने प्रधानाध्यापक सारुले बताउनुभयो ।

तालिममा असल छिमेकी नेपाल कास्की पोखराका पुरन सोती मगर ,विद्यालयका शिक्षकहरु लगायत माध्यमिक तहका विद्यार्थीहरुको सहभागिता रहेको थियो।

Write your Comment