नवलपुर । नवलपुरमा स्थानीय रुटको नयाँ भाडादर कायम गरिएको छ ।पूर्व पश्चिम राजमार्गमा पर्ने बजार क्षेत्रबाट जिल्लाको ग्रामीण भेगमा चल्ने स्थानीय रुटको नयाँ भाडादर कायम गरिएको हो ।गत असार २२ गते जिल्ला प्रशासन कार्यालयमा बसेको नवलपुर यातायात व्यवस्थापन समितिको बैठक गरेको निर्णय अहिले कार्यान्वयनमा आएको हो ।
यातायात व्यवस्था कार्यालय नवलपुरले जिल्लाका आठ वटै पालिका र मातहतका कार्यालयहरूमा नयाँ भाडादर कार्यान्वयन गर्न गराउन परिपत्र गरेको यातायात व्यवस्था कार्यालयका प्रमुख मिलन बहादुर केसीले जानकारी दिनुभयो । ‘म पनि केही दिनअघि मात्रै आएको हो । स्थानीय रुटको नयाँ भाडादर कायम गर्ने निर्णय असारमै भएकोे रहेछ ,तर कार्यान्वयन अहिलेसम्म नभएको पाइयो । त्यसलाई अहिले कार्यान्वयनमा ल्याएका हौँ । जिल्ला ट्राफिक कार्यालयलाई निगरानीका लागि परिपत्र गरिएको छ । मातहतका अन्य निकायमा पनि नयाँ भाडादर कायम गर्न परिपत्र गरिएको छ ।’ केसीले भन्नुभयो ।
नवलपुर खण्डको पूर्व पश्चिम राजमार्गमा पर्ने बजार क्षेत्रबाट उत्तरतर्फ पहाडी क्षेत्र जाने र दक्षिण तर्फ जाने २९ वटा स्थानीय रुट कार्यालयले कायम गरेको छ । जसमध्ये सबैभन्दा बढी भाडादर कायम गरिएको रुट कावासोती –शङखदेव –झ्यालबास– रुम्सी हुँदै बौदीकालीसम्म साविक भाडादर नौ सय रुपैयाँ बाट घटेर सात सय ५० रुपैयाँ कायम भएको छ । त्यसपछि चोरमारा – हुप्सेकोट –हुँदै बौदीकालीसम्म ६ सय रुपैयाँबाट घटेर चार सय ५० रुपियाँ कायम गरिएको छ । एउटा रुटको भाडादरमा भने १० रुपैयाँ बढाइएको छ । कावासोती –हात्तीखोर –धौबादी –राइकोट– नरम –रुचाङ हुँदै राइकोटसम्म साविक भाडादर ६५० रहेकोमा दश रुपैयाँले बढेर ६६० कायम गरिएको छ ।
कायम गरिएको भाडादर निम्न अनुसार रहेको छ: