आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

देवचुली ११ मा वडा बाल संजालका पदाधिकारीहरुलाई क्षमता अभिवृद्धि तालिम सम्पन्न

    प्रकाशित २०८० माघ ८, सोमबार (१० महिना अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर ११ मा वडा बाल संजालका पदाधिकारीहरुलाई क्षमता अभिवृद्धि तालिम तथा १ दिनको उदघोषण तालिम सम्पन्न भएको छ । देवचुली नगरपालिकाको आर्थिक सहयोगमा देवचुली नगरपालिका वडा नम्बर ११ को कार्यालयको समन्वयमा वडा बाल संजाल देवचुली ११ को आयोजनामा आइतबार वडा कार्यालयको सभाहलमा तालिम गरिएको हो ।

वडा बाल संजाल देवचुली ११ का अध्यक्ष उज्ज्वल न्यौपानेको अध्यक्षतामा भएको तालिममा देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो। तालिम उदघाटनमा बोल्दै प्रमुख अतिथि काफ्लेले आफ्नो वडाका बालबालिकाहरुको क्षमता अभिवृद्धि गर्नका साथै बाल क्लबले संचालन गर्ने कार्यक्रम उदघोषण गर्न सक्ने बनाउनका लागि तालिम राखिएको बताउनुभयो । सबै क्षेत्रमा देवचुली ११ का बालबालिकाको प्रदर्शन राम्रो बनाउनका लागि वडाले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो । वडा बाल संजालको अनुरोधमा कार्यक्रम तय गरिएको र तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न समेत सहभागिहरुलाई उहाँले आग्रह गर्नुभएको थियो ।

तालिममा देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसालले बालमैत्री स्थानीय शासनको बारेमा सहजीकरण गर्नुभएको थियो । किशोरी अभियन्ता आशा बिकले बाल अधिकार, बालबालिकाका लागि किन आवाज उठाउनुपर्छ, बालबालिका हिंसा परे कहाँ उजुरी गर्नेलगायतका बक्लबालिकाका हक, अधिकार र कर्तव्यका बारेमा सहजीकरण गर्नुभएको थियो। देवचुली खबरका प्रबन्ध निर्देशक राजु चापागाईले उदघोषण,उदघोषण गर्दा ध्यान दिनुपर्ने कुराहरु, बाल क्लबले संचालन गर्ने कार्यक्रमको प्रयोगात्मक सहित अभ्याससहित सहजीकरण गर्नुभएको थियो।

देवचुली नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख विमला लम्सालले शाखाबाट हुने कामका बारेमा जानकारी दिदै बालबालिकाका लागि आवश्यक सहयोगका लागि शाखा तयार रहेको बताउनुभयो । बालबालिकाहरुलाई समस्या भए आफुलाई फोन गरेर जानकारी गराउन समेत उहाँले आग्रह गर्नुभएको थियो।

देवचुली ११ का विभिन्न टोल तथा वडा बाल संजालका पदाधिकारीहरुको उपस्थितिमा तालिम सम्पन्न भएको हो।

Write your Comment