देवचुली। प्रथम पिप्रहर माघी मेलाको देवचुलीमा आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । पिप्रहर सामुदायिक होमस्टे ग्राम र होटेल होमस्टे तथा पर्यटन व्यवसायीहरुको संयुक्त आयोजनामा देवचुली १७ पिप्रहर गाउँमा माघी मेलाको अवसरमा संचालन भएको प्रतियोगितामा जुनियरतर्फ अमृत चापागाई र विजयप्रसाद भुसालको टिम प्रथम भएको छ। जुनियरतर्फ प्रकाश ढुंगाना र डा विनोद पौडेलको टिम दोस्रो भएको छ।
त्यसै गरि प्रतियोगितामा ३५ वर्ष उमेर माथिकाको खेलमा डा विनोद पौडेल र मेखबहादुर खत्रीको टिम प्रथम भएको छ भने सुन्दर पाण्डे र मधुकर सुबेदीको टिम दोस्रो भएको छ।
प्रतियोगितामा जुनियरतर्फ प्रथम हुने टिमलाई १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने दोस्रो हुने टिमलाई नगद ६ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। त्यसै गरि ३५ वर्ष माथि प्रथम हुने टिमलाई ७ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने दोस्रो हुने टिमलाई नगद ४ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। विजेताहरुलाई देवचुली नगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसेले पुरस्कार वितरण गर्नुभएको थियो।प्रतियोगितामा १६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।