आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

नवलपुर जिल्ला अदालतमा ५ सय ६५ मुद्दा दर्ता

    प्रकाशित २०८० पौष २४, मंगलबार (१० महिना अघि)


कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व मा रहेको नवलपुर जिल्ला अदालतमा चालु आर्थिक वर्षको अहिलेसम्म ५ सय ६५ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये देवानी प्रकृतिका ४०९, फौजदारी प्रकृतिका १५४ र रित २ रहेको छ । यस अवधीमा ४२५ वटा मुद्दा फर्छौट भएका छन् । जसमा देवानी ३३६, फौजदारी ८९ रहेको छ । भने ५ सय ४५ वटा मुद्दा बाँकी रहेको स्रेस्तेदार गम्भिर घिमिरेले जानकारी दिनुभयो । नवलपुर जिल्ला अदालतमा दुई वर्ष पुरानो एउटा मात्रै मुद्दा रहेको छ । भने १८ महिना नाघेको १६ वटा मात्रै मुद्दा रहेको छ ।

जिल्ला अदालतमा फरक मुद्दा व्यवस्थापन पद्धति लागू भएपछि त्यसै अवधारण अनुसार काम गरिएकाले मुद्दा फर्छौट समयमै हुँदै आएको स्रेस्तेदार घिमिरेले जानकारी दिनुभयो । धेरै पुराना मुद्दाहरु अहिले यहाँ खासै नरहेको घिमिरेले बताउनुभयो । फरक मुद्दा व्यवस्थापन पद्धति अनुसार नयाँ दर्ता हुने मुद्दालाई मुद्दाको प्रकृति अनुसार सामान्य, सरल र विशेष गरी ३ समूहमा विभाजन गरेर काम कारवाही अगाडि बढाइने घिमिरेले बताउनुभयो । सरल मार्ग समूहका मुद्दा फर्छ्यौट गर्ने अधिकतम अवधि ६ महिना तोकिएको छ भने सामान्य मार्ग समूहका मुद्दा फर्छ्यौट गर्ने अधिकतम अवधि १२ महिना तोकिएको छ । त्यस्तै गरी विशेष मार्ग समूहमा रहने मुद्दाहरूको फर्छ्यौट गर्ने अधिकतम अवधि भने १८ महिना तोकिएको छ । जसले गर्दा जतिसुकै जटिल मुद्दा भए पनि जिल्ला अदालतमा दर्ता भएको सामान्यतया डेढ वर्षभित्रै कारबाही र किनारा लाग्ने छ ।

Write your Comment