देवचुली।देवचुली जेसिज वर्ष २०२४ का लागि सन्ताेष काफ्ले अध्यक्षमा निर्वाचित भएका छन् । देवचुली जेसिजकाे पाैष १४ गते सम्पन्न भएको साधारणसभाले वर्ष २०२३ मा भएका कार्य तथा प्रगति विवरण पारित गरि अधिवेशनको चरणमा गएकाे थियाे ।
अधिवेशनबाट अध्यक्षमा काफ्लेसहित कार्यकारिणी उपाध्यक्षमा विजय पंगेनी, सिद्धार्थ क्षेत्री , उपाध्यक्षमा आकास श्रेष्ठ , भरत थापा, सुरज भुसाल र माेसमशुल हाेदा निर्वाचित भएका छन् । त्यस्तै गरि सचिवमा गाैरव श्रेष्ठ ,सह काेषाध्यक्षमा चेतनारायण शर्मा निर्वाचित भएका छन् ।
अध्यक्ष काफ्लेद्वारा महासचिव जीवन भुसाल , कानुनी सल्लाहकार नरेन्द्र भण्डारी र काेषाध्यक्ष पुष्पराज लामिछाने मनाेनित गरेका छन्। जेसिजकाे पुर्व समिति र हाल नव निर्वाचित समितिकाे बैठक बसेर छिट्टै पद हस्तान्तरण समाराेह गरिने निर्वाचन संयाेजक दुर्गादेवी विष्टले जानकारी दिनुभयाे ।