देवचुली।नेपाल रेडक्रस सोसाइटी देव वरचुलीको उपशाखा देवचुली १७ को सभापतिमा सुशीला रिमाल सर्वसम्मत चयन भएकी छन् । शनिबार देवचुली वडा नम्बर १६ को सभाहलमा भएको आठौं साधारण सभा तथा चौथो अधिवेशनबाट रिमालको नेतृत्वमा १२ सदस्यीय समिति गठन गरिएको हो ।
जसको उप सभापतिमा विशुमित्रा बस्नेत, सचिवमा जीवन शर्मा,कोषाध्यक्षमा झलकराज पौडेल, सह सचिवमा शान्ताकुमारी लामा,सह कोषाध्यक्ष विष्णु बहादुर सेन ठकुरी र सदस्यमा ध्रुव प्रसाद लामिछाने,उदयराज अधिकारी,जयन्ती रिजाल,शशिधर कंडेल,निराजन चौधरी र पदेन सदस्यमा लक्ष्मीप्रसाद शर्मा सर्वसम्मत चयन भएका हुन्। नवनिर्वाचित समितिको दुईवर्षको कार्यकाल रहनेछ।