आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

देवचुलीमा रक्तदानसँगै सरसफाइ कार्यक्रम सम्पन्न

    प्रकाशित २०८० पौष १९, बिहिबार (१० महिना अघि)


देवचुली।देवचुली ११ मा रहेको महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्थाद्वारा रक्तदान तथा सरसफाइ कार्यक्रम गरिएको छ। संस्थाको रजत वर्षको अवसर पारी संस्थाको कार्यालय परिसरमा रक्तदान गरिएको हो भने देवचुली नगरपालिकादेखि कैलाशचोकसम्म सरसफाइ गरिएको हो । मानिसको जीवन बचाउने कार्यका लागि रगत अत्यावश्यक भएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष रत्नमाया विश्वकर्माले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष रत्नमाया विश्वकर्माको अध्यक्षतामा भएको दुवै कार्यक्रमको उदघाटनमा देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रम जिल्ला रेडक्रसका उप सभापति डिल्लीराम कडरिया,प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष खिमानन्द भुसाल,सचिव इन्द्रमणी भुसाल,औधोगिक सुरक्षा वेश क्याम्प दलदलेका प्रमुख तेजबहादुर ठकुरी लगायत संस्थाका संचालक समिति,लेखा समिति लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले रक्तदान गर्दा हुने फाइदा र समाजमा रक्तदान सम्बन्धि भएका भ्रममा बारेमा जानकारी गराउनुभएको थियो। जिल्ला रेडक्रसका उप सभापति डिल्लीराम कडरिया, प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले दुवै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। संस्थाको कोषाध्यक्ष गंगा गौडेल भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव फुलमाया विश्वकर्माले गर्नुभएको थियो।

संस्थाले प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सहयोगमा सरसफाइ कार्यक्रम गरिएको हो। समुदायमा फोहोर न्यूनीकरणका लागि अभियान स्वरुप सरसफाइ कार्यक्रम गरिएको संस्थाले जनाएको छ।

Write your Comment