आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

नवलपुरमा वातावरण संरक्षण र पर्यटकीय क्रियाकलापमा स्थानीय तहले ध्यान दिनुपर्छ: सरोकारवाला

    प्रकाशित २०८० पौष १४, शनिबार (११ महिना अघि)


नवलपुर।नवलपुरमा वातावरण संरक्षण र पर्यटकीय क्रियाकलापमा स्थानीय तहले ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् । जागृति बाल तथा युवा सरोकार नेपाल र नवलपुर किशोरी सन्जालको आयोजनामा वातावरण संरक्षण र पर्यटन विकासमा किशोरीहरुको भुमिका सम्बन्धि अन्तर संवादमा वक्ताहरुले सो कुरा बताएका हुन् ।

संरक्षणकर्मी डिबि चौधरीले नवलपुरमा पर्यटनका फरक फरक संभावना रहेका तर आशातित फाईदा लिन नसकेको र यसको लागि स्थानीय तहले एकिकृत नवलपुरको योजना निर्माणमा जोड दिनुपर्ने बताउनु भयो ।वातावरण संरक्षणको हिसाबले नवलपुरमा समुदाय स्तरबाट गरिएको सामुदायिक वनको संरक्षण, जटायुको संरक्षणको लागि जटायु रेस्टुरेन्ट, अफ्रिकाको झल्को दिने घासेमैदान र बन्यजन्तुहरुको प्रशस्त उपलब्धता हुनु अवसर नै अवसरको खानी रहेको बताउनु भयो ।उहाँले अब नयाँ पुस्ताको अर्थपुर्ण सहभागिता गराई वातावरण संरक्षण र अन्य क्रियाकलाप सन्चालन गर्न सकिय प्रभावकारी हुने बताउनुभयो ।

वातावरण पत्रकार मञ्चका अध्यक्ष सालिकराम कोईरालाले स्थानीय तहले जलबायु परिवर्तन र वातावरण संरक्षणमा चासो नदिनु घातक रहेको बताउनु भयो ।जलवायु अनुकुलन योजना निर्माण गर्न नखोज्नुले स्थानीय तहहरु अल्पसंख्यक र सीमान्तकृत समुदाय प्रति उत्तरदायी नरहेको देखिने उहाँले बताउनु भयो ।जलवायु परिवर्तनले असर पुर्याउन सक्ने समुदायमा कार्यक्रमहरु र बजेटहरु समेत कम प्राथमिकता हुनुले हामी भविस्य प्रति चिन्तित नरहेको देखियको बताउनुभयो ।विश्वमा वातावरण संरक्षण र बन्यजन्तु संरक्षणमा महिलाहरुको अर्थपुर्ण भुमिका रहेकोले किशोरी लक्षित यस्ता कार्यक्रमले भोलिको लागि आज जिम्मेवार बन्न सहयोग गरेको उहाँले बताउनु भयो ।

नेचर गाईड चन्द्रा महत्तोले किशोरीहरुले नेचर गाईड भयर काम गर्दा निकै नै समस्या परेको तर हार नखाई यो पेशामा लागेकोले अहिले गर्व लागेको बताउनुभयो ।उहाँले अव पालिकाहरुले महिला र किशोरी लक्षित आयआर्जन कार्यक्रम निर्माण गर्दा पर्यटकिय क्रियाकलाप हुने र वातावरण संरक्षण हुने खालका निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।अन्तर सम्बाद कार्यक्रममा बक्ताहरुले राखेको अनुभव र भनाई पछी किशोरीहरुले विभिन्न प्रश्नहरु समेत राखेका थिए ।

अन्तर संवाद कार्यक्रममा कावासोती नगरपालिकाका राम बराल, सन्चारकर्मीहरु दयाराम आचार्य, विष्णु गौडेल, भविस्वर पान्डेय, संस्थाका राजु चापागाई, दिपक न्यौपानेको लगायतको सहभागिता रहेको थियो ।

Write your Comment