देवचुली। रजहर जेसिजको २०२४ को अध्यक्षमा रमेश तिमिल्सिना सर्वसम्मत निर्वाचित भएका छन् । जेसिजको शुक्रबार भएको अधिवेशनबाट तिमिल्सिनाको नेतृत्वमा निर्विरोध कार्य समिति गठन गरिएको हो।
विधान अनुसार प्रत्येक वर्ष विधिवत् रूपबाट हुँदै आएको जेसिजको यो अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा जीवन शर्मा पौडेल र हरिप्रसाद गौतम, कानुनी सल्लाहकारमा प्रदिप अधिकारी,उपाध्यक्षमा भुपेन्द्र घिमिरे,घनश्याम खरेल,परमेश्वर जोसी र दिनेश पौडेल,महासचिवमा अर्जुन कंडेल चयन भएका छन् । त्यसैगरि अधिवेशनले सचिवमा अनु न्यौपाने, कोषाध्यक्षमा यमनाथ गौतम, सह-कोषाध्यक्षमा प्रदिप पौडेललाई चयन गरेको निर्वाचन आयुक्त सन्तोष थापाले जानकारी दिनुभयो ।
रजहर जेसिजको २०२३ को अध्यक्षमा शोभा मुखिया कोइराला रहनुभएको थियो।