देवचुली। देवचुली नगरपालिका वडा नम्बर ९ विशालटारमा २९ औं जिल्ला स्तरीय खुला पुरुष तथा पाचौं महिला भलिबल प्रतियोगितामा मध्यबिन्दु नगरपालिका,बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिका विजयी भएको छ। पुस १५ को अवसरमा युवा तथा खेलकुद विकास समिति देवचुली ९ को आयोजनामा बिहीबार घुमाउरी खेल मैदानमा भएको पुरुष तर्फ लिग चरणको बिहिबारको पहिलो खेलमा मध्यबिन्दुका विरुद्ध कावासोतीबीचको खेलमा सोझो सेटमा हराउँदै मध्यबिन्दु विजयी भएको छ। दोस्रो खेलमा देवचुलीका विरुद्ध बुलिङटारबीचको खेलमा बुलिङटारले सोझो सेटमा देवचुलीलाई हराउँदै विजयी भएको हो। आज नै भएको तेस्रो खेलमा बौदीकालीका विरुद्ध कावासोतीबीचको खेलमा २-१ को सेटले हराउँदै बौदीकाली विजय भएको छ भने आजको चौथो खेलमा हुप्सेकोटका विरुद्ध मध्यविन्दु बिच भएको खेलमा मध्यबिन्दु विजय भएको छ। पुरुषतर्फ नवलपुरका आठ पालिकाका १/१ वटा टिम र आयोजकको १ टिम गरि ९ टिमको लिग चरणको आधारमा खेल संचालन हुने साथै महिला तर्फ नवलपुर जिल्लाका ८ वटा पालिकाका १२ वटा टिमबीच नक आउटका आधारमा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले नगद ७५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले नगद ४० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।त्यसै प्रतियोगितामा तृतीय हुने वडाले नगद २० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।
प्रतियोगितामा महिलातर्फ प्रथम हुने टिमले नगद २५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले नगद १५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।त्यसै प्रतियोगितामा तृतीय हुने वडाले नगद १० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको वडा युवा तथा खेलकुद विकास समिति देवचुली ९ का अध्यक्ष कृष्णबहादुर आलेले जानकारी दिए।