आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

कावासोतीमा बालविवाह र लागुपदार्थ दुर्व्यसन रोकथाम तथा न्यूनीकरणमा आमा समुहको भुमिका विषयक छलफल

    प्रकाशित २०८० पौष ११, बुधबार (११ महिना अघि)


कावासोती।कावासोती १२ राजमन्दिरमा बालविवाह र लागुपदार्थ दुर्व्यसन रोकथाम तथा न्यूनीकरणमा आमा समुहको भुमिका विषयक छलफल कार्यक्रम भएको छ।क्यानलानको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालद्वारा संचालित किशोरी सशक्तिकरण कार्यक्रम अन्तर्गत समुदायका आमा समुहमा आबद्ध र अन्य महिलाहरुको लागि मंगलबार छलफल कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बाल विवाह भनेको के हो? बाल विवाह हुनुका कारणहरु के के हुन् ? बाल विवाह र लागुपदार्थ दुर्व्यसनले शारीरिक, मानसिक र सामाजिक रुपमा कस्तो प्रभाव र असरहरु पर्छ ? बाल विवाह र लागुपदार्थ दुर्व्यसन रोकथाम र न्यूनीकरणमा अभिभावक र आमा समुहले घरबाट नै भुमिकाको सुरुवात कसरी गर्न सकिन्छ ? बाल विवाह हुन लागेको थाहा पाएमा कुन कुन निकायहरुमा समन्वय र सम्पर्क गर्न सकिन्छ ? भन्ने विषयहरुमा छलफल गरिएको थियो ।

कार्यक्रममा आयोजक सस्थाबाट राधा देवी बोटेले कावासोती नगरपालिकामा संचालित किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत भईरहेका गतिविधिहरु र समुदायस्तरमा आमा समुहलाई केन्द्रित गरि कार्यक्रमको गर्नुको उदेश्यको बारेमा जानकारी दिनु भएको थियो ।उक्त छलफल कार्यक्रममा कावासोती नगरपालिकाका साथी शिक्षक कृष्णा देवि माझी, अनिता नेपाली र पुर्णिमा चापागाईंले विषयवस्तुहरुको बारेमा समुदायमा प्रत्यक्ष रुपमा भई रहेका बाल विवाह र लागुपदार्थ दुर्व्यसनका घटनाहरुलाई प्रस्ट्याउँदै सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रमको छलफलका क्रममा अभिभावक, आमा समुहका प्रतिनिधि र किशोरीहरुले बाल विवाह र लागुपदार्थ दुर्व्यसनका समस्याहरू गर्दा समुदायमा भएका र देखिएका अनुभवहरु समेत आदानप्रदान भएको थियो ।कार्यक्रम कावासोती वडा नं १२ का वडा सदस्य होममाया नेपाली अध्यक्षमा भएको कार्यक्रममा खरकट्टा आमा समुहका प्रतिनिधिहरु, अभिभावक, बालबालिका, किशोरी, साथी शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।

Write your Comment