आज:  २०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024 Search
FLASH NEWS

नेपाल मगर संघ देवचुलीको अध्यक्षमा अमरबहादुर घर्ती मगर चयन

    प्रकाशित २०८० पौष १०, मंगलबार (८ महिना अघि)


देवचुली। नेपाल मगर संघ देवचुली नगरपालिकाको अध्यक्षमा अमरबहादुर घर्ती मगर सर्वसम्मत चयन भएका छन् । संघको मंगलबार भएको तेस्रो अधिवेशनबाट घर्ती मगरको नेतृत्वमा २१ सदस्यीय समिति गठन गरिएको हो।

जसको उपाध्यक्षमा जौमाया बाचे मगर,पुरनसिं सोमै मगर,मोहनबहादुर आले मगर,सचिवमा खुमबहादुर सारु मगर,सहसचिवमा केहर सिं पुलामी मगर,संगठन सचिवमा भुपति थापा मगर,कोषाध्यक्षमा देविकुमारी गाहा मगर र सदस्यहरुमा प्रवीण डिसुवा मगर,सीता सारु मगर,दल सिं पुलामी मगर,हेमन्त पुलामी मगर,मिना सारु मगर,मिनामाया पुलामी मगर,हरिमाया गाहा मगर,सनिमाया सारु मगर,खुमिसरा सोमै मगर सर्वसम्मत चयन भएका हुन् । बाँकी ४ सदस्य पछि मनोनित गरिने संघले जनाएको छ।नवनिर्वाचित समितिको ३ वर्ष पदावधि रहनेछ ।

नेपाल मगर संघका अध्यक्ष टुकलाल रूचाल मगरको अध्यक्षतामा भएको तेस्रो अधिवेशनमा नेपाल मगर संघका केन्द्रिय सदस्य एवं नवलपुर इन्चार्ज देवीसरा पुलामी मगरको प्रमुख आतिथ्यता रहेको थियो।

Write your Comment