नवलपुर ।नवलपुरमा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरू भएको छ। राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद भन्ने नाराका साथ कावासोती १२ पिठौलीमा सोह्रौं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आइतबारबाट सुरू भएको हो ।शान्ति निकुञ्ज माविको व्यवस्थापन तथा जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजनामा प्रतियोगिता संचालन भएको हो।प्रतियोगिताको गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरेका थिए ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन मार्चपास सहित कवड्डी, भलिबल,एथलेटिक्सका विभिन्न खेलहरू खेलाईएको थियो ।प्रतियोगितामा छात्र १ सय मिटर दौडमा जनता मावि त्रिभुवनटार प्रथम, जनता सिद्ध अमर मावि लुसलहरी द्वितीय र नवजागरण नमुना मा वि चोरमारा तृतीय भएको छ ।यसरी नै ४ सय मिटर छात्र तर्फ जनता मावि त्रिभुवनटार, जनता टाँडी अरूणखोला र नवजागरण नमुना चोरमारा कमशः प्रथम द्वितीय र तृतीय भएको छन्।
छात्रातर्फ मणिसंगम मावि डाँडाजोर प्रथम,देवचुली मावि देवचुली द्वितीय र धर्मात्मा मावि मचेडी तृतीय भएको हो ।छात्र १५ सय मिटर दौडमा भिमसेन आदर्श मावि रामबास,नवजारण मावि चोरमारा र जनता मावि विष्णुनगर प्रथम,द्वितीय र तृतीय भएका छन् ।१५ सय मिटर छात्रा दौडमा त्रिभुवन मावि बुलिङ प्रथम, नगरडाँडा मावि बौदिकाली द्वितीय र मणिसंगम मावि डाँडाजोर तृतीय भएका छ।छात्र सटपटमा जीवनज्योति मावि कावासोती प्रथम, भिमसेन आदर्श मावि द्वितीय र कृष्ण गण्डकी मावि ढोडेनी तृतीय भएको छ ।सटपट छात्रामा पृथ्वी मावि पृथ्वीनगर, डेडगाउँ मावि डेडगाउँ र नवजागरण चोरमारा प्रथम,द्वितीय र तृृतीय स्थान स्थान हासिल गरेका छन् ।
छात्रहरूको लङ्गजम्पमा सरस्वती मावि गोछडा प्रथम, भानुदय मावि चुकाहा द्वितीय र जनता मावि इटौरा तृतीय तथा छात्रा तर्फ त्रिभुवन मावि बुलिङ्गटार,मणिसंगम डाँडाजोर र भानुदय मावि चुकाहा क्रमशः प्रथम,द्वितीय र तृतीय भएका छन्।यसैगरी मार्चपासमा लिटिल स्टेप एकेडमी अरूणखोला प्रथम,सरस्वती निकेतन आवासीय मावि गैडाकोट द्वितीय,नोवेल एकेडमी कावासोती तृतीय र भिमसेन आदर्श मावि देवचुलीले सान्त्वना स्थान हासिल गरेको छ।