नवलपुर ।नवलपुरमा बाघको आक्रमणबाट एकै घरका २ जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ को खहरे जंगलमा घाँस काट्न गएका उनीहरुको बाघको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।
बाघको आक्रमणबाट २८ बर्षीया विष्णु पौडेल र उनकी सासू ६० बर्षीया मनादेवी पौडेलको ज्यान गएको हो । आइतबार दिउँसो घाँस काट्न गएका सासू बुहारी साँझसम्म घर नआएपछि आफन्त, स्थानीय र प्रहरीको टोलीले खोजी गर्ने क्रममा गए राति करिव १० बजे जंगलमा मृत अवस्थामा शव फेला परेका हुन् ।
घटनास्थल राजमार्गदेखि एककिलोमिटर भित्र विनयी सामुदायिक वनमा पर्दछ । सासू बुहारी दुवैजनाको शव पोष्ट मार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।