आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

हुप्सेकोटका ७० घर अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

    प्रकाशित २०८० पौष ८, आईतबार (११ महिना अघि)


ज्ञानु पंगेनी,नवलपुर ।राष्ट्रिय भूमि आयोग नवलपुरले हुप्सेकोटबाट जग्गाधनी प्रमाणपुर्जा वितरण थालेको छ । हुप्सेकोट वडा नम्बर दुईमा शनिबार जग्गाधनी प्रमाणपुर्जा वितरण गरेर जिल्लामा नै पहिलो पटक जग्गाधनी प्रमाणपुर्जा वितरणको थालनी गरेको हो । यहाँका ७० अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको राष्ट्रिय भूमि आयोग नवलपुरका सदस्य राम ब्लोन तामाङले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे , वडा अध्यक्ष तथा सदस्यहरूको सहभागितामा अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको आयोगका सदस्य तामाङले बताउनुभयो ।मध्यविन्दु–१ र हुप्सेकोट–३ को भूमिहीन सुकुम्बासी र भूमिहीन दलित परिवार पुनर्पुष्टि प्रकृया सुरु भएकाले आयोगले अब छिट्टै नै त्यहाँ पनि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तामाङले जानकारी दिनुभयो ।

Write your Comment