देवचुली ।देवचुली होटल व्यवसाय संघको अध्यक्षमा लक्ष्मण चापागाई सर्वसम्मत चयन भएका छन् । संघको आज भएको चौंथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट चापागाईंको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरिएको हो।
जसको वरिष्ठ उपाध्यक्षमा भोजराज ज्ञवाली,उपाध्यक्षमा आरती सुस्लिङ मगर,सचिवमा खुमलाल भुर्तेल,सहसचिवमा विष्णु खरेल,कोषाध्यक्षमा देवी भण्डारी र सदस्यहरुमा तिलक खोजवार,शिवराज ढुंगाना,मनकुमारी थापा,दिलकुमारी राना, रनबहादुर सुनारी,गणेश रानाभाट,थिरलाल पाण्डे,गणेश पराजुली र रुपा गैरे सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक खिमानन्द भुसालले जानकारी दिनुभयो।
संघको निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक खिमानन्द भुसालले सपथ ग्रहण गराउनुभएको थियो। देवचुली होटल व्यवसाय संघका सम्पुर्ण सदस्यहरुको सरसल्लाह र सुझाव अनुसारका संघका कार्यक्रम संचालन गर्ने निर्वाचित अध्यक्ष लक्ष्मण चापागाईंले प्रतिबद्धता व्यक्त गरेका थिए।
आज नै देवचुली होटल व्यवसाय संघका संस्थापक अध्यक्ष सुरेश पाण्डेको अध्यक्षता भएको चौंथो साधारण सभामा होटल व्यवसाय महासंघका केन्द्रिय अध्यक्ष दिनेशकुमार चुकेको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्ले,होटल व्यवसाय संघ गण्डकी प्रदेशका उपाध्यक्ष तुल्सी गौतम,होटल व्यवसाय संघ गण्डकी प्रदेशका सदस्य बुद्धिसागर पौडेल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत देवचुली होटल व्यवसाय संघका सदस्यहरुको उपस्थिति रहेको थियो।
प्रमुख अतिथी चुकेले देशभर होटल व्यवसाय आर्थिक मन्दीको कारणले मारमा परेको बताउँदै स्थानीय,प्रदेश र संघीय सरकारसँग व्यवसायीको समस्या समाधानका लागि पहल गरिरहेको बताउनुभयो । बैंक तथा वित्तीय संस्थाहरुमा सहज रुपमा व्यवसायका संचालनका लागि ऋण लगानी गर्न र ब्याजदर कम गर्नका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो ।
साधारण सभाका नवलपुर होटल व्यवसाय संघका अध्यक्ष सन्तोष राना,मौलाकालिका मुकुन्दपुर होटल व्यवसाय संघका अध्यक्ष देविप्रसाद पौडेल,प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल,देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सूर्य दवाडी,होटल व्यवसाय संघ गण्डकी प्रदेशका उपाध्यक्ष तुल्सी गौतम, देवचुली नगरपालिकाका नगर प्रवक्ता तिलप्रसाद काफ्ले लगायतले साधारण सभा तथा अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।साधारण सभामा संघलाई सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो।