आज:  २०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024 Search
FLASH NEWS

कावासोतीमा गैंडाको आक्रमणबाट १ जना घाइते

    प्रकाशित २०८० पौष ४, बुधबार (९ महिना अघि)


देवचुली । नवलपुरको कावासोती १ मा गैंडाको आक्रमणबाट १ जना घाइते भएका छन् । बुधबार बिहान गैंडाको आक्रमणबाट कावासोती १ निवासी अन्दाजी ४० वर्षका पुष्प परियार घाइते भएका हुन् । लोकाहा खोलाबाट गाउँतिर आउँदै गरेको गैंडालाई धपाउने क्रममा परियारलाई गैंडाले आक्रमण गरेको स्थानीयबासीले बताए।घाईते परियारको दाहिने हात भाच्चिएको र उपचारका लागि भरतपुर अस्पताल लगिएको कावासोती १ का वडा अध्यक्ष तबारक अहमद मियाले जानकारी दिए।

देवचुली ९,१० र कावासोती १ मा गैंडाले आतंक फैलाउँदा समेत सम्बन्धित निकायले चासो नदिएको स्थानीयले गुनासो गरे।स्थानीयका अनुसार पटक पटक गैंडाको आक्रमणबाट सो क्षेत्रमा जनधनको क्षतिसँगै बालीनालीलाई समेत क्षति पुर्‍याइरहँदा सम्बन्धित निकायले गैंडा नियन्त्रणमा चासो नदिएको हो।

Write your Comment