आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

देवचुलीमा वातावरण संरक्षण र वातावरणको अधिकार सम्बन्धी कार्यशाला सम्पन्न

    प्रकाशित २०८० मंसिर २६, मंगलबार (११ महिना अघि)


नवलपुर । देवचुली नगरपालिकामा वातावरण संरक्षण र वातावरणको अधिकार सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।इन्सेक गण्डकी प्रदेशको आयोजना तथा देवचुली मानव अधिकार समुहको समन्वयमा देवचुली ९ मा रहेको कालिका माध्यमिक विद्यालयमा सो कार्याशाला सम्पन्न भएको हो।

देवचुली मानवअधिकार समूहका अध्यक्ष कृष्णबहादुर बिकले सबै पक्ष लागेर वातावरण संरक्षण गर्न साथै वातावरण अधिकार सम्बन्धि जानकारी प्राप्त गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।मानव अधिकार समुहद्वारा स्थानीयतहसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, वातावरण अधिकार तथा जातिय विभेद सम्बन्धी सचेतनामूलक कार्यक्रमसँगै वातावरण र मानवअधिकारको रक्षाका लागि काम गरिरहेको बिकले बताउनुभयो ।

देवचुली नगरपालिका वडा न ९ का वडा अध्यक्ष बलिराम सापकोटाले वातावरण संरक्षणका लागि सबै पक्ष सक्रिय भई सचेतनाका अभियान संचालन गर्नुपर्ने बताउनुभयो । घर,समुदायबाट नै फोहरमैलाको उचित व्यवस्थापन गर्दै सरसफाईमा ध्यान दिनुपर्ने आवश्यकता रहेको सापकोटाले बताउनुभयो । पालिकालाई वातावरणमैत्री बनाउनका वडा तहसम्म काम गरिरहेको र सबै पक्ष समेटेर नीति तथा कार्यक्रम तयारी गरि आवश्यक पर्ने कानुन निर्माण लागि कार्यपालिका छ्लफल गरिने उहाँले बताउनुभयो ।

कार्यशालामा दिपक शर्माले वातावरण संरक्षण र अधिकार सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।वातावरण संरक्षणका लागि स्थानीय तहमा गर्नुपर्ने कामको समेत उहाँले सहजीकरण गर्नुभएको थियो।

देवचुली मानव अधिकार समुहका अध्यक्ष कृष्णबहादुर बिकको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर ९ का अध्यक्ष बलिराम सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर भुसाल, शिक्षक अभिभावक संघका अध्यक्ष तुल्सीराम अर्याल,प्रधानाध्यापक रेशम कोइराला, जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा लगायत शिक्षक, विद्यार्थी, मानव अधिकार समुह तथा बाल अधिकार समूहका सदस्यको सहभागिता रहेको थियो ।

Write your Comment