आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

देवचुलीमा लैङ्गिक हिंसा सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    प्रकाशित २०८० मंसिर २४, आईतबार (११ महिना अघि)


देवचुली। देवचुली नगरपालिकामा लैङ्गिक हिंसासचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता,महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान पारेर आइतबार देवचुली १३ मा लैङ्गिक हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो ।देवचुली नगरपालिका वडा नम्बर १,२,३,४,५,१०, १३,१४,१५,१६ र १७ लाई केन्द्रित गरि देवचुली १३ मा रहेको साहारा पार्टी प्यालेसमा कार्यक्रम गरिएको हो।

देवचुली नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा देवचुली ७ का वडा अध्यक्ष भुमीसरा थापाको अध्यक्षता भएको कार्यक्रममा देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्मा, जिल्ला समन्वय समितिका सदस्य सरस्वती पाठक, देवचुली वडा नम्बर १३ का वडा अध्यक्ष एकदेव पौडेल,देवचुली वडा नम्बर १४ का वडा अध्यक्ष गोपाल थापा,कार्यपालिका सदस्यहरु गोमादेवी पौडेल,फूलमाया बिक,पार्वती कंडेल,गीतादेवी बोटे,वडा सदस्यहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

अभिमुखीकरणमा अधिवक्ता कोपिला पौडेलले हिंसामा कसरी परिन्छ,कानुनी उपचार लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो भने जिल्ला प्रहरी कार्यालय नवलपुरका महिला सेल प्रमुख बिन्दु बिकले जिल्लामा हिंसा अवस्था,हिंसा न्यूनीकरणका लागि भएका गतिविधि लगायतमा सहजीकरण गर्नुभएको थियो।सहभागीहरुले लैंगिक हिंसा सम्बन्धि घटनाहरुको बारेमा आफ्ना अनुभवहरु सुनाएका थिए ।

कार्यक्रममा देवचुली १,२,३,४,५,१०, १३,१४,१५,१६ र १७ वडाका महिला वडा सदस्यहरु,महिला सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। कार्यक्रमलाई देवचुली नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विमला लम्सालले सहजीकरण गर्नुभएको थियो ।

Write your Comment