आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

देवचुली ९ मा लैंगिक हिंसा विरुद्ध सचेतनामुलक र्‍याली

    प्रकाशित २०८० मंसिर २३, शनिबार (११ महिना अघि)


देवचुली। देवचुली ९ मा लैंगिक हिंसा विरुद्ध सचेतनामुलक र्‍याली गरिएको छ। इन्सेक गण्डकी प्रदेश कार्यालय र देवचुली वडा नम्बर ९ को सहयोगमा कालिका माध्यमिक विद्यालयको संयोजनमा कालिका बाल अधिकार समुह,कालिका बाल क्लब, कालिका रेडक्रस समूह र कालिका साइन्स क्लबको सहभागितामा शुक्रबार बृहत् र्‍याली गरिएको हो।


देवचुली ९ का विभिन्न टोलहरुमा सचेतनामुलक प्लेकार्ड सहित विद्यार्थी,शिक्षक र सरोकारवालाहरु र्‍यालीमा सहभागी थिए। लैंगिक हिंसा अन्त्य गरौं,बाल विवाह अन्त्य गरौं,जातीय विभेद अन्त्य गरौं,बाल अधिकार सुनिश्चित गरौं लगायतका नारासहितका प्लेकार्ड लिएर गाउँगाउँमा र्‍यालीका माध्यमबाट सचेतना प्रवाह गर्ने काम गरिएको विद्यालयका प्रधानाध्यापक रेशम कोइरालाले जानकारी दिनुभयो ।

र्‍यालीका माध्यमबाट समुदायमा सचेतनाका लागि सहयोग पुग्ने देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाले बताउनुभयो । सचेतनामुलक अभियानका लागि विद्यालयलाई आगामी दिनमा समेत वडाले सहयोग गर्ने उहाँले बताउनुभयो ।


र्‍यालीमा देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा,कार्यपालिका सदस्य मधुमाया गुरुङ,कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर भुसाल,शिक्षक अभिभावक संघका अध्यक्ष तुल्सीराम अर्याल,प्रधानाध्यापक रेशम कोइराला, देवचुली ९ का वडा सदस्यहरु लगायत शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

Write your Comment