देवचुली।देवचुलीमा गैँडाकाे आक्रमणबाट एकजना घाइते भएका छन्।गएराति १० बजेतिर देवचुली नगरपालिका १७ पिप्रहरका ५० वर्षीय कालीराम महताेलाई गैँडाले आक्रमण गर्दा घाइते भएको प्रहरीले जानकारी दिएको छ।
महतोलाई आफ्नै घर नजिक बाहिर रहेको ट्वाईलेट जाने क्रममा अचानक गैंडाले आक्रमण गरेको हो। घाईतेको प्राथमिक उपचार पश्चात् हाल नयाँ मेडिकल कलेज भरतपुर चितवनमा लगि उपचार भईरहेको छ।