आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

बौदीकाली गाउँपालिकाको प्रयासमा २ लाख रुपैयाँको सयपत्री फूल बिक्री

    प्रकाशित २०८० मंसिर ८, शुक्रबार (१ साल अघि)


नवलपुर । बौदीकाली गाउँपालिकाले दुई लाख रुपैयाँको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी पोखरा, बुटवल, कावासोती र भरतपुरमा निर्यात गरिएको थियो ।

गाउँपालिकाको इतिहासमा पहिलोपटक व्यावसायिक फूल खेती गरिएको बताउँद‌ै बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले फूलखेतीका लागि पालिकाभित्रका ६ वडामध्ये ४ वडाका ५ कृषक तथा २ कृषि तथा पशुपन्छि समूहलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ उपलब्ध गराएको बताउनुभयो । फुलखेतीको लागि सुरूमा किसानलाई विश्वास दिलाउन समस्या भएतापनि किसानलाई अभिप्रेरित गरेपछि सोही अनुरूप पालिकाभित्रका किसान फूलखेतीमा संलग्न हुनुभएको थियो । पालिकाले किसानलाई अभिप्रेरित गर्दै उत्पादित फूलको बजारीकरणको जिम्मा लिएको थियो सोही अनुसार न‌ै पालिकाले आफ्नो गाडी र कर्मचारी फूल संकलन र निकासीको लागि खटाएको हो ।

बजेटमा नै फूल खेती प्रवर्द्धन कार्यक्रम घोषणा गरेर पालिका फूल खेतीमा लागेको हुनाले गाउँपालिका फूल निर्यातमा सफल भएको हो । पहिलोपटक खेती गर्दा गाउँपालिकालाई धेरै कुराको सिकाइ मिलेको हुनाले आगामी दिनमा पालिका अझ किसानमुखी भएर अगाडि बढ्ने बताउँदै उहाँले फूलखेतीको समयमा हरेक कृषकलाई निःशुल्क परामर्श र प्राविधिक सहयोग पालिकाको प्राविधिकबाट भएको अध्यक्ष ओझाले बताउनुभयो ।

बौदीकालीमा सयपत्री फूूलखेतीका लागि उपयुुक्त माटो, हावा र पानी भएकाले आगामी वर्ष खेतीलाई विस्तार गरिँदै लगिने दाबी समेत ओझाले गर्नुुभयो । “बौदीकाली पर्यटकीय दृष्टिकोणले सम्भावना भएको पालिका भएको र यहाँबाट कालिगण्डकी करिडोर हुँदै धेरै जनाले यात्रा गर्ने हुदा बौदीकालीमा भएका भएका होमस्टे र होटलमा बास बस्न चाहने पर्यटकको स्वागतको लागि फूलको प्रयोग गरि यहाँका धार्मिक तथा ऐतिहासिक महत्वका स्थल अवलोकन गराउने र आम्दानीको स्रोत बनाउने लक्ष्य पालिकाले लिएको बताउँदै पालिकाबासीले गाउँपालिकाको योजनालाई साथ दिँदा आफूहरु सफल भएको दाबी समेत गर्नुभयो ।

गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा खादामा बन्देज लगाएसँग‌ै पाहुनाको स्वागतका लागि जुनसुकै मौसममा पनि फुल्ने जातको फूलखेती गर्न कृषकलाई आफूहरुले सहयोग गर्ने बताउदै कृषि प्राविधिक सुदर्शन ढुङ्गानाले पालिकाले सयपत्री फूल कृषकले बिक्री गर्न नसकेमा बजारीकरणका लागि पालिकाले सहयोग गर्ने र आगामी वर्षमा केही ठूला पुष्प व्यापारीको समन्वयमा पालिकाभित्र उत्पादन भएको सयपत्री फूल बिक्री गर्ने योजना रहेको बताउनु भयो । यो वर्ष पालिकाले बजारको जिम्मा लिएको हुनाले किसानहरु फूलखेतीतर्फ आकर्षित भएको जानकारी दिनुभयो ।

बौदीकाली गाउँपालिकालाई कृषिजन्य वस्तु दुध,तरकारी फलफुल र मासुको पालिका बनाउने उद्देश्यअनुरुप कृषकलाई फूल उत्पादनतर्फ उत्प्रेरित गरि आंशिक रूपमा सफल भएको पालिकाले आगामी दिनमा पालिकामा पहिलोपटक बगर खेतिको सम्भावना अनुसार काम गर्दै छ, मौरिपालन प्रवर्धन कार्यक्रमलाई पालिकाले प्राथमिकतामा राखेको छ। साथै यसैवर्षबाट नै पालिकाले च्याउ खेतीलाइ अगाडि बढाउने छ । कृषकलाइ परम्परागत खेतीबाट माथि उठाउँदै बौदीकाली गाउँपालिकाले यो वर्षदेखि कृषि औजार वितरण गरि चुप बस्ने परम्परालाई तोड्दै सम्भावनाका हिसाबले कृषक तालिम, आवश्यकता अनुसार कृषि चुन प्रयोग, माटो परिक्षण, कृषक सम्मान, प्रोत्साहन, साथै बजार व्यवस्थापन अनुदानको कार्यक्रम गर्दैछ ।

Write your Comment