काठमाडौँ ।हङकङमा आज (बुधबार) देखि सुरुहुने चार देश सम्मिलित महिला टी-२० आई सिरिजको उद्घाटन खेलमा नेपाल र तान्जानिया भिड्दैछन्।वाङ नाइमा हुने खेल बिहान सवा ७ बजेदेखि सुरु हुनेछ।
नेपाली टोलीमा तीव्र गतिका बलर सोनी पाख्रिन र सोमु विष्टले स्थान बनाएका छन्। यी मध्ये १ खेलाडीले आजको खेलमा डेब्यु गर्ने सम्भावना छ।नेपाल र तान्जानिया पहिलो पटक आमनेसामने हुन लागेका हुन्। टी-२० आई वरियतामा नेपाल २१ र तान्जानिया १९ औं स्थानमा छन्।
हङकङमा सुरु हुने सिरिजमा घरेलु टोलीसँगै नेपाल, जापान र तान्जानिया छन्।नेपालले आफ्नो दोस्रो खेलमा बिहिबार घरेलु टोलीसँग खेल्नेछ। शनिबार जापानसँग खेल्ने तालिका छ।समूहका शीर्ष २ टोली उपाधिका लागि आइतबार आमनेसामने हुनेछन्। सोही दिन पुछारका दुई टोली तेस्रो स्थानका लागि खेल्नेछन्।