आज:  २०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024 Search
FLASH NEWS

देवचुली ९ मा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

    प्रकाशित २०८० कार्तिक २६, आईतबार (१० महिना अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर ९ गोरेघुम्तीमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।

बाैदीकाली गाउँपालिका वडा नम्बर ६ माझडाँडाबाट दलदले आउँदै गरेकाे लु १ ज ३२७० नम्बरकाे जिप दुर्घटना भएको हो। जिपमा सवार ७ जना मध्ये ३ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको साथै १ जना गम्भीर घाइते पुरुषको उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु भएको व्यक्तिहरुको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Write your Comment