आज:  २०८२ बैशाख ८, सोमबार | Mon, 21, Apr, 2025 Search
FLASH NEWS

देवचुली १७ मा आजदेखि ब्याडमिन्टन प्रतियोगिता हुने

    प्रकाशित २०८० कार्तिक २४, शुक्रबार (१ साल अघि)


देवचुली। देवचुली १७ मा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। शुभ दिपावली तथा छठ पर्वको अवसरमा फारम खेलकुद विकास समितिको आयोजनामा आजदेखि दोस्रो नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो।

प्रतियोगितामा जुनियर,सिनियर र भेट्रान्स गरी तीन विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सुजन सापकोटाले जानकारी दिए । प्रतियोगिताको जुनियरतर्फ पहिलो र दोस्रो हुनेलाई क्रमशः १२ हजार र ७ हजार रुपैयाँ तथा ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

यस्तै सिनियरतर्फ पहिलो र दोस्रो हुनेलाई क्रमशः १० हजार र ६ हजार तथा ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने छ । ४० वर्ष माथिका खेलाडीबीच हुने भेट्रान्समा पहिलो हुनेले ८ हजार र दोस्रो हुनेले ५ हजार रुपैयाँ तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक सापकोटाले जानकारी दिए ।तीनै विधाको सेमिफाइनलमा पुग्नेलाई ३ हजार रुपैयाँ तथा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिताको उद्घाटन देवचुली नगरपालिका वडा नम्बर १७ मा आज साँझ ५ बजे गर्ने कार्यक्रम छ । प्रतियोगिता कार्तिक २४ गतेदेखि २६ गतेसम्म संचालन गरिने आयोजकले जनाएको छ ।

Write your Comment