कावासोती। कावासोती नगरपालिका वडा नम्बर ६ मा वातावरण संरक्षणमा किशोरकिशोरी र बालक्लबको भुमिका विषयक छलफल कार्यक्रम सम्पन्न गरिएको छ । कावासोति नगरपालिका वडा नं ६ विष्णुनगरमा रहेको जनता माध्यमिक विद्यालयमा अभिमुखिकरण सम्पन्न गरिएको छ ।
कार्यक्रममा विद्यार्थीहरुलाई वातावरण भनेको के हो ? पर्यावरण अनुकुल वातावरण भनेको के हो ? यसको किन महत्त्व छ ? प्रदुषण भनेको के हो ? प्रदुषणका प्रकारहरु केके हुन् ? प्रदुषण हुने कारण र प्रदुषणका प्रभावहरु के के हुन् ? वातावरण संरक्षणका उपायहरु के के हुन सक्छन् ? वातावरण संरक्षणमा किशोर किशोरी र बालक्लवको जिम्मेवारी के हो? यसमा कसरी भुमिका निर्वाह गर्न सकिन्छ ? भन्ने विषयहरुमा छलफल भएको थियो ।
कावासोती नगरपालिकाकामा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गतका साथी शिक्षकहरुले विभिन्न बिषयमा जानकारी दिने अभियान अन्तर्गत वातावरण संरक्षण र यसमा सहभागिता अभिवृद्दिको लागि कक्षा संचालन गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताउनु भयो ।आजको कार्यक्रममा किशोरी अभियन्ताहरु सवनम सुनार, युतिका तिवारी र शशि कार्की क्षेत्रीले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रम विद्यालयमा रहेको बाल क्लबको सचिव योजना भण्डारीको अध्यक्षता,कावासोती वडा नम्बर ६ का वडा सदस्य चुरीकला बस्यालको प्रमुख अतिथ्यता, कावासोती नगरस्तरीयबाल संजालका अध्यक्ष मनिष न्यौपाने, विद्यालयका शिक्षकशिक्षिकाहरु, कक्षा १० मा अध्ययनरत किशोरकिशोरीहरु, बालक्लवका प्रतिनिधिहरु, साथी शिक्षकहरु र जागृती बाल तथा युवा सरोकार नेपालका प्रतिनिधिको सहभागिता रहेको थियो ।