देवचुली। देवचुलीमा संचालित प्रथम देवचुली नगरपालिका वडास्तरीय भेट्रान्स कप नकआउट फुटबल प्रतियोगितामा देवचुली १६ विजयी भएको छ।प्रगतिकला मन्दिर युवा क्लबको आयोजना तथा देवचुली १४ को सह आयोजनामा जन ज्योति नमूना मा वि को खेल मैदानमा संचालित प्रतियोगितामा मंगलबार देवचुली १६ विजयी भएका हो।
मंगलबार भएको खेलमा देवचुली १६ ले देवचुली १० लाई २-१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरण प्रवेश गरेको हो। खेलमा देवचुली १६ बाट शंकर कोइराला र मिनबहादुर क्षेत्रीले १/१ गोल गरेका थिए भने देवचुली १० बाट विजय सारुले गोल गरेका थिए।खेलमा देवचुली १६ का मिनबहादुर क्षेत्री म्यान अफ दि म्याच घोषित भएका थिए।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले नगद १५ हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।प्रतियोगिताका उत्कृष्ट खेलाडी,गोलरक्षकलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ।प्रतियोगितामा बुधबार देवचुली ११ र देवचुली १२बिच पहिलो खेल दिउँसो ३ बजे तथा देवचुली १३ र देवचुली १६ बीच दोस्रो खेल दिउँसो ४ बजे संचालन हुने खेल संयोजक प्रकाश श्रेष्ठले जानकारी दिए।