आज:  २०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024 Search
FLASH NEWS

पाल्पामा भएको जिप दुर्घटनामा एकै परिवारका ६ जनाको मृत्यु

    प्रकाशित २०८० कार्तिक ५, आईतबार (११ महिना अघि)


देवचुली।पाल्पाको पर्यटकीय क्षेत्र रानीमहलबाट तानसेन जाँदै गरेको जिप बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा देवचुली नगरपालिकाका ५ जना सहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । प्रहरीले ६ जनाको मृत्यु भएको पुष्टि गरेको र जिपका चालक घाइते भएको जनाएको छ ।

जिप दुर्घटना मृत्यु हुनेमा देवचुली नगरपालिका वडा नम्बर- १६ रजहरका ६५ वर्षका कृष्णबहादुर लोहनी, लोहनी परिवारका आफन्त लमजुङ भकुण्डे निवासी ५५ वर्षका चुना धिताल, ३५ वर्षका सविना धिताल, ५५ वर्षका पार्वती लोहनी,११ वर्षका सोबिस लोहनी र साढे दुई वर्षका इशव लोहनी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटना घाइते ईश्वर लोहनीलाई युनाइटेड मिसन अस्पताल पाल्पा पठाइएको र अवस्था नाजुक रहेको प्रहरीले जनाएको छ । घाइते लोहनी वरचुली माध्यमिक विद्यालयका शिक्षक समेत हुन् । दुर्घटनामा परेका सबैजना एकै परिवारका हुन् । उनीहरू घुमघामका लागि रानीमहल गएका थिए ।

वाग्मती प्रदेशको ७२०९ नम्बरको जिप दुर्घटनामा परेको हो । बैकुन्ठे भीरमा ग्रेड नमिलेको र ठाडै उकालो सडक रहेको छ । छेउतर्फ सुरक्षाका लागिसमेत कुनै सतर्कता अपनाइएको छैन भने केही समययता सडकसमेत बिग्रेर छियाछिया बनेको छ । दुर्घटनास्थल सदरमुकाम तानसेनदेखि ११ किलोमिटर टाढा पर्छ ।

दुर्घटनाको खबर आएपछि देवचुलीको रजहर क्षेत्र शोकमा डुबेको छ । देवचुली नगरप्रमुख हरिप्रसाद न्यौपानेले दशैँको मुखमा लोहनी परिवारको अकल्पनीय र अप्रत्याशित दुर्घटनाले देवचुलीबासी अत्यन्तै मर्माहत भएको बताएका छन् । नगरप्रमुख न्यौपानेसहितको टोली दुर्घटनास्थल पाल्पा प्रस्थान गरेको छ ।

Write your Comment