आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

मध्य नेपाल साकोस: अध्यक्ष र उपाध्यक्ष चयनका लागि आज मतदान हुँदै

    प्रकाशित २०८० आश्विन २७, शनिबार (१ साल अघि)


देवचुली ।मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाको आगामी नेतृत्व चयनका लागि आज अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचन हुँदैछ। निर्वाचन कार्यतालिका अनुसार आज शनिबार बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान रहेको छ। साकोसको आगामी नेतृत्वका लागि अध्यक्षमा काशिराम काफ्ले र तुलमणी पौडेल प्रतिष्पर्धामा छन् भने उपाध्यक्षमा प्रेमाकुमारी खनाल र चुडामणि तिमिल्सिना प्रतिष्पर्धामा रहेका छन् ।

निर्वाचन समितिका संयोजक धर्मदत्त भुसालले मतदाता (शेयर सदस्य ) हरुलाई मतदानका लागि ६ वटा केन्द्र तोकिएको जानकारी दिनुभयो । नवप्रगति सेवा केन्द्र र पृथ्वी सेवा केन्द्रका सदस्यहरुका लागि जन ज्योति माध्यमिक विद्यालय, देवचुली-१५,परोपकार सेवा केन्द्र र दिव्यपुरी सेवा केन्द्रका सदस्यहरुका लागि देवचुली पार्टी प्यालेस,देवचुली-१३,विश्वज्योति सेवा केन्द्रका सदस्यहरूका लागि विश्वज्योति सेवा केन्द्र ,कावासोती-२,पिठौली सेवा केन्द्र र कुश्नहरी सेवाकेन्द्रका सदस्यहरुका लागि सन्तुदेवी आधारभूत विद्यालय,कावासोती-१२,रजहर सेवा केन्द्र,फारम सेवाकेन्द्र र दिव्यलक्ष्मी सेवा केन्द्र (गैंडाकोट )का सदस्यहरूका लागि देवचुली १६ को सभाहल,शुभकामना सेवा केन्द्र र देवचुली सेवा केन्द्रका सदस्यहरुका लागि भीमसेन आदर्श माध्यमिक विद्यालय,देवचुली-७ मा मतदान केन्द्रहरु रहेको निर्वाचन समितिले जनाएको छ। २३ हजार भन्दा बढी सदस्य रहेको मध्य नेपाल साकोसको मतदानका लागि मतदाताहरुले परिचय खुल्ने कागज( नागरिकता,पासपोर्ट,लाइसेन्स,ब्लुबुक,लालपुर्जा) लिएर आउन समेत समितिले आग्रह गरेको छ।

साकोसको नयाँ नेतृत्वका लागि अन्य पदमा भने सर्वसम्मत भएको छ। साकोसको सचिवमा डिलाराम पाण्डे, कोषाध्यक्षमा जगन्नाथ अर्याल र सदस्यहरूमा लिलाधर अधिकारी, विष्णु देवी श्रेष्ठ, लीलादेवी शर्मा, देवेन्द्र भट्टराई, नवराज पोख्रेल, रमेश प्रसाद भुर्तेल, कान्तिमाया गिरी, यमकला शर्मा र रोशन कुमार राउत सर्वसम्मत चयन भएका छन् ।यसैगरी लेखा तथा सुपरीवेक्षण समिति संयोजकमा सुरेन्द्र रिजाल,सदस्यमा अञ्जु लुँइटेल र सुनिल न्यौपाने चयन भएका हुन् ।

Write your Comment