आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

स्थानीय तहको कर्मचारी आन्दाेलनमा करार सेवा तथा ज्यालादारी सेवाका कर्मचारीहरुकै विराेध

    प्रकाशित २०८० आश्विन २३, मंगलबार (१ साल अघि)


कावासोती।विभिन्न क्षेत्रमा आन्दाेलन चलि रहदा आन्दाेलनमा मद्दत पुर्‍याउन विभिन्न क्षेत्रबाट एक्येबद्धता जनाउदै आउने गरेको पाईन्छ । तर कावासाेती नगरपालिकामा भने फरक भेटिएकाे छ । मंगलबार कावासाेती नगरपालिकाका करार सेवा तथा ज्यालादारी सेवाका कर्मचारीहरुले नै आन्दाेलनकाे विराेध गर्दै नगर प्रमुख बिष्णुप्रसाद भुसाललाई कर्मचारीकाे आन्दाेलनकाे विराेध गर्दै सेवाग्राहीले असुविधा पाएकाे भन्दै आफुहरु नियमित कार्यमा लागिरहने प्रतिबद्धता समेत जनाए ।कावासाेती नगरपालिका नगर प्रमुख भुसाललाई बुझाईएकाे ध्यानाकर्षण पत्रमा भनिएकाे छ “नगरपालिका तथा मातहतका कार्यालयमा सम्पूर्ण कार्यरत कर्मचारीहरु आन्दोलनरत रहेको कुरामा खेद प्रकट गर्दछौ ।”

पत्रमा नगरपालिकाका सम्पूर्ण कर्मचारीहरु आन्दोलनरत रहेको भानहुने गरि भ्रम सिर्जना गरिएको भन्दै कावासोती नगरपालिका तथा मातहतका कार्यालयहरुमा सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ ।पत्र मार्फत कावासोती नगरपालिकामा सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरुको यस आन्दोलनमा कुनै पनि रुपमा सहभागिता नरहेको जनाईएकाे छ ।

सेवाग्राही र सम्पूर्ण नागरिकप्रति जिम्मेवार रहेका करार सेवा तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरुबाट प्रदान गरिने सेवाहरु नियमित रुपमा सेवा प्रवाह भईरहेको समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएकाे छ ।

Write your Comment