देवचुली । देवचुली नगरपालिकामा भोलि असोज ११ गते बिहीबार सार्वजनिक बिदा दिइएको छ। थारु जातिहरुको पर्व अनन्त चतुर्दशीको अवसरमा नगरपालिकाले बिदा दिइएको हो।
नगर प्रमुख हरिप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा नगर भित्रका सरकारी कार्यालय,शैक्षिक संघ संस्था तथा सार्वजनिक संस्थाहरुलाई बिदा दिइएको जनाइएको छ।