देवचुली। पारिवारिक निजी वन संघ नवलपुरको अध्यक्षमा होमनाथ पाण्डे सर्वसम्मत चयन भएका छन् । पारिवारिक निजी वन संघ नवलपुरको पहिलो अधिवेशनबाट पाण्डेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।
जसको उपाध्यक्षमा कृष्णप्रसाद तिवारी, सचिवमा शशिचन्द सिग्देल ,उपसचिवमा झकमाया बिक र अमृत सुवेदी,कोषाध्यक्षमा यमकुमारी महतो र सदस्यमा दुर्गा पौडेल,गनबहादुर सारु मगर,ताराबहादुर पुलामी,पुर्णिमा सिंजाली र तुलसी गिरी सर्वसम्मत चयन गरिएको हो।
जिल्लाका स्थानीय तहबाट आएका प्रतिनिधिहरुबाट सर्वसम्मत समिति चयन गरिएको हो। नव निर्वाचित अध्यक्ष पाण्डेले आफ्नो कार्यकालमा संघको उद्देश्य अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पारिवारिक निजी वन संघ, नेपाल(एफोन) निजी वन संरक्षण र यसको उपयोगिताको बारेमा आम मानिसमा सुचना दिने र निजि वन उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा व्यक्तिहरुलाई जानकारी गराउने उद्देश्यका साथ गठन गरिएको एउटा संगठन हो ।पारिवारीक निजि वन विशुद्ध रुपमा परिवारको गर्जो टार्ने, परिवारको आवश्यकता परिपुर्ति गर्न कसरी निजि वनको प्रयोग गर्न सकिन्छ र आर्थिक आम्दानी लिन सकिन्छ भनेर आम किसानलाई जानकारी गराउने र कानुनि रुपमा सहयोग पुर्याउने उद्देश्य रहेको छ ।