आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

के हो स्क्रब टाइफस? यो रोगबाट कसरी बच्ने?

    प्रकाशित २०८० भाद्र २७, बुधबार (१ साल अघि)


नवलपुर । मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन । हामीलाई सामान्य जस्तो लाग्ने ससाना कुराहरुबाटै पनि दैनिक जीवनमा समस्या निस्कन सक्दछ ।

धेरै सरुवा रोगहरु मध्येको एक हो स्क्रब टाइफस । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ ।

लक्षण :

स्क्रब टाइफस भएका मानिसहरुमा धेरै जरो आउने १०४ डिग्री भन्दा बढि र काम जरो समेत आउन सक्दछ । धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने , बिस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छोड्ने,समयै उपचार नभएका कडा खालको स्वासप्रस्वास समस्या जस्तै दम बढ्नु सास फेर्न गाह्रो भई बिरामी सिकिस्त समेत हुन सक्छ । किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिन सक्छ । टोकेको ठाँउमा पछि गएर कालो दाग बस्न सक्छ ।

बच्ने उपाय

खेतीबारीमा काम गर्दा, वनजगंल झाडीमा जादा तथा घास काट्न जादाँपुरा शरिर ढाकिने कपडा लगाउने संभव भए बुट लगाउने, घासबारी वा चौर मा बस्दा गुद्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासबारी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्ने ।

Write your Comment