आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

मध्य नेपाल बचत तथा ऋण सहकारीको निर्वाचन : १६ पदका लागि २२ जनाको उम्मेदवारी

    प्रकाशित २०८० भाद्र २५, सोमबार (१ साल अघि)


देवचुली । मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाको संचालक समिती र लेखा तथा सुपरिवेक्षण समितिको निर्वाचनका लागि १६ पदका लागि २२ जनाको उम्मेदवारी परेको छ। निर्वाचन कार्य तालिका अनुसार आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको थियो।


संचालक समिति अध्यक्षका लागि काशीराम काफ्ले र तुलमणी पौडेलको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा प्रेमाकुमारी खनाल र चुडामणि तिमिल्सेना,सचिवमा होमनाथ जैंसी र डिलाराम पाण्डेको उम्मेदवारी परेको छ। कोषाध्यक्षमा भने जगन्नाथ अर्यालको एकल उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक धर्मदत्त भुसालले जानकारी दिनुभयो । भुसालका अनुसार संचालन समितिको सदस्यहरुमा रामप्रसाद चापागाई,लिलाधर अधिकारी,खगेन्द्र पराजुली,विष्णुदेवी श्रेष्ठ,शेरबहादुर केसी,लिला देवी शर्मा,देवेन्द्र भट्टराई,नवराज पोखरेल,रमेशप्रसाद भुर्तेल,कान्तिमाया गिरी,यमकला शर्मा र रोशनकुमार राउतको उम्मेदवारी परेको छ।

त्यसै गरि लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा सुरेन्द्र रिजाल,सदस्यमा अन्जु लुईटेल र सुनिल न्यौपानेको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।


संस्थाको संचालक समितिमा अध्यक्ष,उपाध्यक्ष,सचिव र कोषाध्यक्ष १/१ जना र सदस्यहरू ९ जना रहने साथै लेखा तथा सुपरिवेक्षण समितिको संयोजक १ जना र सदस्यहरु २ जना रहने व्यवस्था भएको निर्वाचन संयोजक भुसालले बताउनुभयो ।

निर्वाचन कार्य तालिका अनुसार भाद्र २६ गते दिउँसो ४ बजेसम्म उम्मेदवार उपर दाबी विरोध र भाद्र २७ गते दिउँसो २ बजे उम्मेदवार उपर दाबी विरोध पछि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ। उम्मेदवारहरुले असोज १० गते दिउँसो ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको छ।

Write your Comment