आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

देवचुलीका दुई विद्यालयमा रेडक्रसद्वारा निशुल्क रक्त समूह परीक्षण

    प्रकाशित २०८० भाद्र २३, शनिबार (१ साल अघि)


देवचुली । देवचुलीका दुई विद्यालयमा नेपाल रेडक्रस सोसाईटी प्रगतिनगर उपशाखाद्घारा निशुल्क रक्त समूह परीक्षण गरिएको छ। देवचुली ५ मा रहेको सकलादेवी माध्यमिक विद्यालय र देवचुली ७ मा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुको रक्त समूह परीक्षण गरिएको हो। नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोती नवलपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो।


नेपाल रेडक्रस सोसाईटी प्रगतिनगर उपशाखाका सभापति देवेन्द्रप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरका महिला उपसभापति उमा भुसालको प्रमुख आतिथ्यता रहेको थियो। शुक्रबार भएको रक्त समुहमा परीक्षण सकलादेवीका कक्षा ८ का ३५ जना विद्यार्थी र भीमसेनका ८२ जना गरी जम्मा १ सय १७ जना विद्यार्थीको समुह छुट्टाइएको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी प्रगतिनगर उपशाखाका पदाधिकारीहरु,सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा  शिक्षकहरु,विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

Write your Comment