आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

देवचुली ९ मा डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धि सचेतना

    प्रकाशित २०८० भाद्र ८, शुक्रबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर ९ मा डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ। देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा देवचुली ९ को वडा कार्यालयको सभाहलमा शुक्रबार सचेतना कार्यक्रम गरिएको हो ।

देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रत्येक वडामा टोल विकास संस्थाका पदाधिकारी र वडाका जनप्रतिनिधिहरुलाई डेंगु रोग नियन्त्रण सम्बन्धि सचेतना तथा लामखुट्टेको लार्भा खोजी नष्ट गरौं अभियानका बारेमा अभिमुखीकरण गरिएको हो ।

कार्यक्रममा डेंगु रोग के हो ? कसरी सर्दछ र यसको रोकथाम तथा नियन्त्रणका विषयमा देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ र स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत शिव पराजुलीले सहजीकरण गर्नुभएको थियो। अभिमुखीकरण पछि प्रत्येक टोल सुधार समितिलाई सरसफाइ कार्यक्रम संचालन गर्नका लागि ग्लोब्स र माक्स दिइएको थियो।

पछिल्लो समय देवचुलीका ५ जनामा डेंगु रोगबाट संक्रमित भएको र अन्य व्यक्तिलाई रोग लाग्नबाट जोगाउनका लागि सचेतना कार्यक्रम आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाका प्रत्येक वडामा सचेतना कार्यक्रम गरि टोल सुधार समितिमार्फत प्रत्येक टोलमा सरसफाइ कार्यक्रम संचालन गरिने उहाँले बताउनुभयो ।

डेंगु लागेपछि वान्ता हुने, शरीर दुख्ने आँखाको नानी दुख्ने लगायतको लक्ष्य देखा पर्ने साथै एक बर्ष मुनिका बालबालिका, गर्भवती महिला र सुगर लगायतका अन्य बिरामीहरुलाई बढी असर गर्ने शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।घरवरिपरी पानी जमेको ठाउँहरू, घरको वरीपरी राखिएको टायर, फूलमा राखेको पानीमा लामखुट्टेले फुल पार्ने भएकाले त्यस्ता ठाउँहरूको पानी हटाउनु पर्ने बताउँदै घर वरिपरी सफा सुग्घर राख्ने र पानी जम्ने खाल्डाखुल्डी भए पर्नुपर्ने उहाँले जानकारी दिनुभयो।

बुधबार देखि अभियानको रुपमा नै सचेतना कार्यक्रम सुरु गरेको स्वास्थ्य शाखाले बुधबार देवचुली १४ र १५, बिहीवार देवचुली १०,१२ र १३ मा कार्यक्रम सम्पन्न गरेको हो।

Write your Comment