आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

कावासोतीमा लागुपदार्थ दुर्व्यसन रोकथाम तथा न्यूनीकरणमा किशोरकिशोरीको भुमिका विषयक छलफल

    प्रकाशित २०८० भाद्र १, शुक्रबार (१ साल अघि)


कावासोती। कावासोती वडा नम्बर १२ मा लागुपदार्थ दुर्व्यसन रोकथाम तथा न्यूनीकरणमा किशोरकिशोरीको भुमिका विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ। क्यानालानको सहयोग तथा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा आइतबार छ्लफल कार्यक्रम गरिएको हो।

किशोरकिशोरीहरुलाई लागुपदार्थ दुर्व्यसनीबाट फस्नबाट सचेत गराउनुका साथै समुदायमा सचेतना अभियान संचालन गरि अन्य व्यक्तिहरुलाई लागुपदार्थको प्रयोग गर्नबाट जोगाउनका लागि कार्यक्रम आयोजना गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधा बोटेले जानकारी दिइन् ।

शान्ति निकुञ्ज माध्यमिक विद्यालय बालक्लबका अध्यक्ष विद्या तिवारीको अध्यक्षता भएको कार्यक्रममा किशोरी सशक्तिकरण समुहका फोकल शिक्षक गिता भुसालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा विद्यालयको जुनियर बाल क्लबका अध्यक्ष हेम लम्साल ,बालक्लबका पदाधिकारी,किशोरी अभियन्तालगायत विद्यालयमा अध्ययनरत किशोरकिशोरीहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा लागु पदार्थ दुर्व्यसन भनेको के हो? लागुपदार्थ दुर्व्यसनले शारीरिक, मानसिक र सामाजिक क्षेत्रमा पार्ने प्रभावहरु, दुर्व्यसनमा फस्ने कारणहरु, दुर्व्यसनीलाई रोकथाम तथा न्यूनीकरण गर्ने उपायहरु र भुमिका बारेमा छलफल भएको थियो । कार्यक्रममा कावासोती नगरपालिकाका साथी शिक्षक रिमा कुमारी मुसहर, पुर्णिमा चापागाईं र किशोरी अनिता नेपालीले सहजीकरण गरेका थिए ।

Write your Comment