आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

देवचुलीमै बन्ने भयो ट्रमा सेन्टर, ५ करोड बजेट विनियोजन

    प्रकाशित २०८० श्रावण १७, बुधबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिकामा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया सुरु भएको छ। शहरी विकास तथा भवन निर्माण विभागले देवचुली नगरपालिकामा बन्ने ट्रमा सेन्टरका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरलाई पत्राचार गरेको छ। नेपाल सरकारले ट्रमा सेन्टर निर्माण कार्य,देवचुली नवलपरासी ( पूर्व) भन्ने कार्यक्रम अन्तर्गत यस आवमा ५ करोड विनियोजन गरेको छ।

नेपाल सरकारको चालु आर्थिक वर्षको नीति र कार्यक्रममा देवचुलीमा ट्रमा सेन्टरको स्थापना गर्ने भन्ने नीतिगत व्यवस्था भएअनुसार बजेट विनियोजन भएकाले देवचुली १७ झरही खोला किनारमा जग्गा व्यवस्थापन गर्ने निर्णय गरिएको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । सरकारको बजेट वक्तव्यमा गैंडाकोटमा प्राथमिक ट्रमा सेन्टर निर्माण हुने भएपछि स्थानीयमा कतै देवचुलीमा ट्रमा सेन्टर नबन्ने हो कि भन्ने अन्यौलता छाएको थियो।

बहुप्रतिक्षित योजनाका रुपमा रहेको ट्रमा सेन्टर निर्माणले गति लिने भएपछि देवचुलीबासीमा खुसी छाएको छ । ट्रमा सेन्टर निर्माणपछि देवचुलीबासी मात्रै नभई सम्पूर्ण नवलपुरबासी लाभान्वित हुने सरोकारवालाहरूको अपेक्षा छ ।

Write your Comment