आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकामा लगाइएको ताला खुल्यो

    प्रकाशित २०८० श्रावण १४, आईतबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिकाले अत्याधिक कर वृद्धि गरेको भन्दै देवचुली उद्योग वाणिज्य संघद्वारा लगाइएको ताला खोलिएको छ। देवचुली नगरपालिकाले करको दर साउनबाट वृद्धि गरेपछि व्यवसायीहरुले गत बिहिबार राजश्व परामर्श समितिको संयोजक र राजस्व उपशाखामा तालाबन्दी गरि विरोध गरेका थिए ।

देवचुली नगरपालिकाले बढाएको कर पुनरावलोकन गर्नका लागि ५ सदस्यीय समिति गठन गरेको र अर्को सूचना नहुँदासम्म कर दाखिला नगर्न सूचना जारी गरेकाले ताला खोलिएको संघर्ष समितिका संयोजक नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।

देवचुली नगरपालिका करको दर नबढाउने कुरामा सकारात्मक देखिएको महसुस गर्दै वार्ताको लागि आवश्यक कागजपत्र राजस्व शाखामा रहेकाले र कर पुनरावलोकन समितिको आग्रह अनुसार ताला खोलिएको पौडेलले बताउनुभयो। पौडेलका अनुसार नगरपालिकाले अत्याधिक कर वृद्धि गरेकाले बाध्य भई तालाबन्दी गरिएको हो।

त्यस्तै व्यवसायीहरुले देवचुली उद्योग वाणिज्य संघमा बुधबार गरेको ताला पनि आज बिहान खोलेका थिए। उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले कर बढाउने निर्णयमा हस्ताक्षर गरेको भन्दै असन्तुष्ट व्यवसायीहरुले संघको कार्यालयमा तालाबन्दी गरेका थिए ।

Write your Comment