नवलपुर।नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठकाे ४५ औं स्मृति दिवशकाे अवसरमा कावासाेतीमा रहेकाे माैलाकालिका अपाङ्ग सेवा केन्द्रमा खाद्यान्न लगायतकाे सामाग्री हस्तान्तरण गरेकाे छ । हस्तान्तरण पुष्पलाल स्मृति प्रतिष्ठान नवलपुर शाखाले गरेकाे हाे ।
पुष्पलाल स्मृति प्रतिष्ठान, नवलपुरका अध्यक्ष धर्मबहादुर के सीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा माओवादी केन्द्रका नेता तथा पुष्पलाल स्मृति प्रतिष्ठानका सल्लाहकार किशन शर्मा गैह्रे प्रमुख अतिथि नेकपा एसका नेता तथा पुष्पलाल स्मृति प्रतिष्ठान नवलपुरका पूर्व अध्यक्ष धनञ्जय शर्मा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार ठाकुर चापागाई, नेकपा एसका केन्द्रीय सदस्य केदार पराजुली लगायतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा पुष्पलालकाे याेगदानकाे चर्चासंगै माैलाकालिका अपाङ्ग सेवा केन्द्रलाई ५ बाेरा चामल, १ बाेरा दाल, २ कार्टुन तेल, दुई वटा सिलिण्डर ग्यास भरिदिएकाे र नगद ४५०० रकम हस्तान्तरण गरिएकाे थियाे । सहयाेग रकम र खाद्यान्न सामग्री विभिन्न सामाजिक व्यक्तित्वबाट सहयाेग गरिएकाे थियाे ।अपाङ्ग सेवा केन्द्रमा २० जना अपाङ्गता भएका व्यक्तित्वहरू रहेका छन् ।
प्रतिष्ठानले हरेक बर्ष पुष्पलाललाई सम्झदै गर्ने कार्यक्रममा यस बर्ष सहयाेग हस्तान्तरणसहितकाे कार्यक्रम गरेकाे हाे ।निर्मल लामा स्मृति प्रतिष्ठान नवलपुर शाखाले सहकार्य गरेकाे कार्यक्रमकाे सहजीकरण संस्थाका सचिव गणेशमान महताेले सहजीकरण गर्नु भएकाे थियाे ।